बर्दिया : डिभिजन वन कार्यालयअन्तर्गत बारबर्दिया नगरपालिका–१ शैलाहाफाटा फाँटा नजिक मकै बारीमा पसेको पोथी चितुवा नियन्त्रणमा लिएको छ । चितुवा दिनहुँ गाउँबस्ती र मकै बारीमा आउने गरेको जानकारी वन प्रशासनलाई स्थानीयले गराएका थिए ।
अथक प्रयासपछि चितुवालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय, बर्दियाका वरिष्ठ सहायक वन अधिकृत राम गोपाल चौधरीले बताए । चितुवा नियन्त्रणमा लिने क्रममा एक जना वन रक्षक सामान्य घाइते भएका छन् ।
गत साउनदेखि हालसम्म चितुवाले बर्दियामा ११ जनाको ज्यान लिएको वरिष्ठ सहायक वन अधिकृत चौधरीले जनाए । सोही अवधिमा चितुवाको आक्रमणमा १५ जना घाइते भइसकेका छन् । डिभिजन वन कार्यालय, बर्दियाले गत साउन यता ८ वटा समस्याग्रस्त चितुवा नियन्त्रणमा लिइसकेको छ । तीमध्ये घाइते अवस्थाका २ वटा चितुवाको मृत्यु भएको छ ।
2026-05-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार