दाङ : नेपाली सेनाको मध्यपश्चिम पृतना हेडक्वार्टरको निर्देशन तथा नं १९ बाहिनी अड्डाको पहलमा थारू समुदायको संस्कृति, परम्परा तथा धार्मिक सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भुइँयारथान निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ ।
आर्थिक वर्ष २०८२/८३ को 'शीघ्र प्रभावी आयोजना' अन्तर्गत दंगीशरण गाउँपालिका ५ बागरमा करिब पाँच लाख रुपैयाँको लागतमा निर्माण गरिएको भुइँयारथान धार्मिक स्थलको औपचारिकरुपमा उदघाटन तथा हस्तान्तरण गरिएको हो । उक्त धार्मिक स्थल श्री ज्वालादल गणले निर्माण सम्पन्न गरेको हो ।
मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी हिम्मतबहादुर विष्टले भुइँयारथानको उदघाटन गरी स्थानीय समुदायलाई हस्तान्तरण गरे । कार्यक्रममा उनले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणले समुदायबीच एकता, सहकार्य तथा आपसी सद्भाव अभिवृद्धि हुने विश्वास व्यक्त गरे । साथै स्थानीय तहसँगको सहकार्य आगामी दिनमा पनि निरन्तर रहने बताए ।
दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले थारू समुदायको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा नेपाली सेनाले पु¥याएको योगदानको प्रशंसा गर्दै यसले समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे । प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले नेपाली सेनाले स्थानीय तहसँग मिलेर धार्मिक तथा सांस्कृतिक संरक्षणमा गरेको सहकार्यलाई आपसी सम्बन्ध विस्तारको उदाहरणका रूपमा उल्लेख गर्दै यस्ता कार्यले आगामी दिनमा पनि निरन्तरता पाउने विश्वास व्यक्त गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार