Listen LIVE

नेपालगञ्जमा छाडा पशु नियन्त्रण अभियान तीब्र

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका छाडा पशु चौपायाको नियन्त्रण अभियानलाई निरन्तरता दिएको छ । आज बिहान ५ बजेदेखि सञ्चालन गरिएको अभियान अन्तर्गत ३८ वटा पशु संकलन गरी वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा व्यवस्थापन गरिएको छ ।

उपमहानगरपालिकाका अनुसार संकलित पशुहरूमा ३० वटा गाई, बाच्छाबाच्छी तथा साँढे रहेका छन् भने ८ वटा घोडा–घोडी रहेका छन् । नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीका अनुसार शनिबार मात्रै ४३ वटा छाडा पशु नियन्त्रण गरी कान्जीहाउस पु¥याइएको थियो ।

नगर क्षेत्रमा छाडा पशुका कारण हुने सवारी दुर्घटना, ट्राफिक अवरोध तथा सरसफाई समस्या नियन्त्रणका लागि यस्तो अभियानलाई निरन्तर सञ्चालन गरिरहेको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया