नेपालगञ्ज : नेपालगञ्जमा सञ्चालनमा रहेको होटल सिटी प्यालेसले सेवा विस्तार गर्दै एक अर्ब बढीको लगानी गरेको छ । नेपाली र भारतीय पाहुनालाई लक्षित गरी सेवा विस्तार गरिएको सञ्चालक लोकेन्द्र अर्यालले जानकारी दिए ।
होटलमा सुविधा सम्पन्न सभाहलसहित नयाँ भवनबाट सेवा विस्तार गरिएको छ । सञ्चालक अर्यालले भने, ‘आर्थिक मन्दीको समयमा पनि होटलको सेवा विस्तार गरी पाहुनालाई थप सेवा दिन खोजेका छौं ।’
२०७२ सालको असारमा शुरु भएको होटल सिटी प्यालेस सञ्चालन भएको ९ वर्षको अवधिमा तीन लाख नेपाली र सार्क राष्ट्रका दुई लाखसहित पाँच लाखलाई आतिथ्यता दिइएको छ । करिब १२५ जनाले प्रत्यक्ष रोजागारीको अवसर प्राप्त गरेका छन् ।
होटलमा स्वीटरुम, सुपर डिलक्स रुम, डिलक्स, स्टेन्डर्ड गरी ९५ कोठा रहेका छन् । विवाह ब्रतबन्ध, गोष्ठी सेमिनारका लागि ८ वटा हल छन् । होटलमा स्वीमिङ पुल, स्टीम, साउना, स्पा, सेभिनर सप, नेपाली बाहेकका लागि क्यासिनो लगायतका विविध सेवा दिँदै आएको सञ्चालक अर्यालले बताए ।
सिटी प्यालेस नेपालगञ्जको केन्द्रभाग धम्बोझीमा रहेकाले सहरको दृश्यावलोकनका लागि समेत सहज भएको सेवाग्राहीको भनाइ छ । बिगतमा भारतीय तीर्थयात्रुहरु मानसरोवर यात्रा नेपालगञ्ज रुट हुँदै जाने गरेकोमा पछिल्ला केही वर्षदेखि बन्द भएपछि यहाँका तारे होटल प्रभावित हुँदै आएको सञ्चालकले बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार