नेपालगञ्ज : आज ग्रस्तोदित खण्डग्रास चन्द्रग्रहण लाग्नेछ । यो ग्रहण दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श भई खग्रास भए पनि काठमाडौँबाट साँझ ६ बजेर ३ मिनेटमा चन्द्रोदय भएसँगै खण्डग्रास मात्र देखिने र रात्रि ७ बजेर २ मिनेटमा मोक्ष हुनेछ ।
१९ गते मंगलबार बिहान ९ बजेर ३ मिनेटबाट बाल, वृद्ध, रोगी र आतुरलाई बाहेक शास्त्रीय रूपमा भोजन निषेध गरिएको छ ।
यो ग्रहणले मेष राशि भएकालाई चिन्ता, वृषलाई व्यथा, मिथुनलाई श्रीपाप्ती, कर्कटलाई क्षति, सिंहलाई घात, कन्यालाई व्यय, तुलालाई लाभ, वृश्चिकलाई सुख, धनुलाई माननाश, मकरलाई कष्ट, कुम्भलाई स्त्रीपीडा र मीनलाई सुख मिल्नेछ ।
यस आधारमा यो चन्द्रग्रहण मिथुन, तुला, वृश्चिक र मीन राशि भएकाले हेर्नुहुन्छ । अन्य राशि भएकाहरूले हेर्नुहुँदैन । पूर्वाफाल्गुनी नक्षत्रमा जन्म भएका र सिंह राशि भएका मानिसहरूका लागि यो ग्रहण कष्टकारक हुनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार