Listen LIVE

पत्रकार महासङ्घ बाँकेको सभा हल उदघाटन

नेपालगञ्ज : नेपाल पत्रकार महासङ्घ बाँकेले बहुउद्देश्यीय सभा हल निर्माण गरी सञ्चालनमा ल्याएको छ । बाँकेको डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा सभा हल निर्माण भएको हो । सभा हलको बिहीबार उदघाटन गरिएको छ ।

गाउँपालिकाको करिब १० लाख रुपैयाँको सहयोगमा सभा हल निर्माण गरिएको नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले जानकारी दिए । 

अध्यक्ष गिरीले भने, æजिल्लाको पत्रकारले प्रयोग गर्न मिल्ने गरी कम्प्युटर, अन्य सञ्चार सामग्रीसहितको सञ्चार केन्द्र बनाउन खोजिरहेका छौं ।Æ  

नेपालगञ्ज–५, बसपार्कनजिकै नेपालगञ्ज उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा साविक जिल्ला विकास समिति, नेपालगञ्ज उपमहानगरपालिका लगायतको सहयोगमा भवन निर्माण गरिएको हो ।

प्रतिक्रिया