Listen LIVE

जानकी वाङ्मय प्रतिष्ठान गठनको तयारी तीव्र

जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, संवद्र्धन र विकासका लागि गठन गरिने जानकी वाङ्मय प्रतिष्ठानसम्बन्धी ऐनको प्रस्तावित मस्यौदा गाउँपालिकाका अध्यक्ष छब्बन खाँलाई हस्तान्तरण गरिएको छ ।

प्राध्यापक हरि तिमिल्सिनाले अध्यक्ष खाँलाई प्रतिष्ठान गठनसम्बन्धी ऐनको मस्यौदा हस्तान्तरण गर्दै स्थानीय साहित्यिक तथा सांस्कृतिक गतिविधिलाई संस्थागत विकास गर्न प्रतिष्ठान महत्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे ।

मस्यौदा बुझ्दै अध्यक्ष खाँले गाउँपालिकाले भाषा, साहित्य र संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेको बताउँदै आगामी असार १० गते बस्ने गाउँसभाबाट उक्त ऐन स्वीकृत हुने र त्यसपछि जानकी वाङ्मय प्रतिष्ठान गठन प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे । उनले प्रतिष्ठानले स्थानीय प्रतिभाको पहिचान, सिर्जनशीलताको विकास तथा सांस्कृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

सो अवसरमा प्रथम जानकी पर्यटन प्रवद्र्धन तथा साहित्यिक महोत्सव–२०८३ को प्रतीक चिन्ह अध्यक्ष छब्बन खाँ तथा गाउँपालिकाका बरिष्ठ लेखा अधिकृत मतिन अहमद अन्सारीलाई हस्तान्तरण गरिएको थियो । महोत्सवले जानकी गाउँपालिकाको पर्यटन, साहित्य र सांस्कृतिक पहिचानलाई थप उचाइमा पु¥याउने अपेक्षा गरिएको प्राध्यापक तिमिल्सिनाले जानकारी दिए ।

गाउँपालिकाले स्थानीय भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनलाई संस्थागत स्वरूप दिन प्रतिष्ठान गठनको तयारी अगाडि बढाएको जनाएको छ ।

प्रतिक्रिया