हुम्ला : हुम्लाका दक्षिणी क्षेत्रका दुई वटा गाउँपालिकामा नुनको अभाव भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ढुवानी अनुदानको नुन ढुवानी गर्ने जिम्मा पाएको कम्पनीले समयमा ढुवानी नगर्दा ताँजाकोट र अदानचुली गाउँपालिकामा नुनको अभाव भएको हो ।
ताँजाकोट गाउँपालिका–३ का स्थानीय झुल शाही साल्ट ट्रेडिङले ढुवानी अनुदानको नुन ढुवानी गर्न ढिलाइ गरेका कारण नुनको अभाव भएको बताए । उनले भने, æएक वर्षअगाडि पाएको नुन सकिएको र यस वर्षको नुन ढुवानी भइनसकेका कारण अभाव हुन थालेको हो ।Æ
साल्ट ट्रेडिङले नुन ढुवानी गर्न नसक्दा उपभोक्ताले बजारमा प्रतिकेजी ४० रुपियाँमा तिरेर नुन खरिद गर्नु परेको गुनासो गरेका छन् । गत वर्ष साल्ट ट्रेडिङले प्रतिघरधुरी ५० केजी नुन उपलब्ध गराएको थियो ।
अदानचुली गाउँपालिकामा पनि ढुवानी अनुदानको नुन आइनपुगेका कारण समस्या भएको छ । अदानचली गाउँपालिका–२ का स्थानीय जङ्ग रोकायाले नुन अभावले समस्या भएको बताए । उनले भने, æवर्षको एक पटक पाउने ढुवानी अनुदानको नुन यस वर्ष हालसम्म नआएका कारण समस्या भएको छ ।Ú
साल्ट ट्रेडिङ कम्पनी हुम्लाका प्रमुख राजबहादुर लामाले ताँजाकोट गाउँपालिकाका लागि ४७९ क्विन्टल नुनको कोटा निर्धारण गरेकामा हालसम्म ३४० क्विन्टल मात्र गाउँपालिका केन्द्रमा ढुवानी भएको जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार