Listen LIVE

मेडिकल कलेज कोहलपुरबाट ३ हजार बढी डाक्टर उत्पादन

कोहलपुर (बाँके) : लर्डबुद्ध एजुकेशनल एकेडेमी लिमिटेड अन्तर्गतको नेपालगञ्ज मेडिकल कलेजबाट ३ हजार बढी डाक्टर उत्पादन भएका छन् । २०५४ सालबाट कलेजले एमबिबिएस पढाई सुरु गरेको थियो । बाँकेको चिसापानीमा कलेजको संरचना रहेको छ । 

स्थापनाकालदेखि हालसम्म कलेजबाट ३ हजार २ सय ४२ जना बिद्यार्थी एमबिबिएस उर्तीण भईसकेका छन् । जसमा नेपालसहित भारत र श्रीलंकाका बिद्यार्थी रहेका छन् । यस्तै सन् २०१२ बाट कलेजमा सुरु भएको (एमडी÷एम.एस) अध्यापनबाट ३ सय ४४ जना बिद्यार्थी उर्तीण भएको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरका निर्देशक एवम् प्राध्यापक डा. रेशमबहादुर रानाले जानकारी दिए । 

उनका अनुसार कलेजबाट बिद्यार्थीले फिजिसियन, सर्जन, हाडजोर्नी, नाक, कान, आँखा सम्बन्धी रोग लगायत विभिन्न विषयमा एमडी/एम.एस. उर्तीण गरेका छन् । ‘एमडी/एम.एस पास गरेर यस क्षेत्रमा धेरै जनशक्ती उत्पादन भएका छन्,’ प्रा.डा. रानाले भने । यसैगरी कलेजबाट ५२ जना बिद्यार्थीले बि.एस्सी नर्सिङ विषय उर्तीण गरिसकेका छन् । मेडिकल कलेजद्धारा सञ्चालित शिक्षण अस्पताल कोहलपुरमा हाल १३ वटा विभाग र करिव ५ वटा विशिष्टकृत सेवा सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया