मुगु : जेनजी आन्दोलनको प्रभावले मुगुमा पनि दर्जनौं सरकारी तथा गैर सरकारी कार्यालयहरु बन्द भएका छन् । जिल्लामा मंगलबारदेखि मुगुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय बन्द भएपछि जिल्लाका सर्वसाधारणलाई सास्ती भएको छ ।
छायाँनाथ रारा नगरपालिका वडा १२ का स्थानीय रामबहादुर बुढाका अनुसार भदौ २६ गते ससुराको काजकिरिया गर्नलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालयमा चामल लिन आउँदा कार्यालय बन्द रहेको छ । उनले भने, घरमा चामल लिनका लागि गाउँदेखि सदरमुकामसम्म आउन चार घण्टा पैदलयात्रा गरेर म लगायत मेरा छिमेकी पनि चामल नपाएर खाली हात गरेर घर फर्किनु पर्यो ।
“बजारभन्दा जिल्लाको खाद्य कम्पनी लिमिटेड शाखा कार्यालयमा चामल र तेल सस्तोमा पाइने भएकाले हामी जस्ता सर्वसाधारणका लागि उक्त कार्यालय पहिलो प्रथामिकतामा पर्ने गरेको छ“, उनले भने ।
यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुका कार्यालय प्रवन्धक केशव गिरीका अनुसार जेनजीको आन्दोलनले गर्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयको पत्रअनुसार कार्यालय सुरक्षाका लागि मंगलबारदेखि शुक्रबारसम्म कार्यालय बन्द गर्ने निर्णय भएको छ ।
भदौ २९ गतेबाट कार्यालय नियमितरूपमा सञ्चालन आउने उनले जानकारी दिए ।
मुगुमा जेनजी आन्दोलनका क्रममा मुख्य दुई वटा पार्टी नेकपा एमाले र नेपाली कांग्रेसका कार्यालयहरुमा तोडफोड गरेका छन् । तर कुनै पनि सरकारी वा व्यक्तिगत संरचनामा क्षति नभएको जिल्ला प्रशासन कार्यालय मुगुले जानकारी दिएको छ ।
जिल्लामा कफ्र्यु जारी भएतापनी तर यहाँका सर्वसाधारणलाई सदरमुकाम आउजाउमा सहज भएको स्थानीय खम्मलाल बोहराले बताए । जिल्लाको छायानाथ रारा नगरपालिकाभित्र भदौ २४ गते बाहेकका दिनमा नियमित पढाइ भईरहेको छ । जिल्लाका पसल व्यावसाय बिहबिारबाटै खुल्दै गएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार