Listen LIVE

जिप दुर्घटनामा बालिकाको मृत्यु

प्यूठान : स्वर्गद्वारी जाने भारतीय तीर्थयात्री चढेको जिप दुर्घटना हुँदा एकजना बालिकाको ज्यान गएको छ । बिहीबार स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ टाकुरामा लु १ ज ३१७५ नम्बरको जिप दुर्घटनामा ३ वर्षीया काब्या मौरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी हरि भट्टराईले बताए । घाइते १७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र भिंगृमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको उनले जानकारी दिए ।

मुस्ताङ जिप आफै अनियन्त्रित भई सडकदेखि करिब ३० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया