Listen LIVE

काभ्रेमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु

काठमाण्डौ : काभ्रेको नमोबुद्धमा बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । बनेपाबाट रोशीतर्फ गइरहेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध–२ सेल्फीडाँडामा दुर्घटनामा परेको हो । 

प्रहरीका अनुसार घटनास्थलबाट ८ जनाको शव निकालिएको छ भने घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार १६ जना घाइतेलाई अस्पताल लगिएको छ । 

दुर्घटनाको थप विवरण आउन बाँकी

प्रतिक्रिया