Listen LIVE

दाताको स्मृति दिवसमा माल्यार्पण

नेपालगञ्ज, चैत्र, २४ गते –डुडुवा–६ स्थित जयेन्दु बाल सुधार गृह निर्माणमा जग्गादान गर्ने जे.के. सिंहका पिता-माताको स्मृतिमा  आज, मंगलबार माल्याअर्पण गरिएको छ । सिंहले पिता स्व. तप्तबहादुर सिंह र माता हेमरानी सिंहको स्वामित्वमा रहेको ४ विघा २ कठ्ठा जग्गा बालगृह निर्माणका लागि २०६७ मा सरकारलाई दान गर्नु भएको थियो । स्व सिंहको स्मृति दिवसका अवसरमा आज बाल सुधार गृहमा एक कार्यक्रम आयोजन गरि दाताको सम्मान र स्मृति स्वरुप स्व सिंहको शालिकमा फूल माला अर्पण गरिएको हो । सिंहको ०७१ चैत्र २४ गते स्वर्गारोहण भएको थियो । 

नेपाल सरकारले ०७९ मा सुधार गृह परिसरमा दानवीर सिंह दम्पतीको अर्धकदको शालिक निर्माण गरेको थियो । बाल सुधार गृहमा हाल दुई सय दुई जना बाल आश्रीत छन् । 

बाल गृह सम्वद्ध सरोकारवाला, सुरक्षा अधिकारी, नागरिक समाजका अगुवा र बालबालिकाको सहभागिता रहेको कार्यक्रमलाई सम्वोधन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले सिंह परिवारको जग्गादानले बालगृह निर्माण ात्र नभई बालबालिकाको भविश्य निर्माणमा पनि योगदान पुगेको उल्लेख गर्नु भयो । 

उहाँले बालबालिकाले आफुलाई सुधार गर्ने अवसरका रुपमा लिनु पर्ने भन्दै बाल सुधार गृहको प्रभावकारी सञ्चालनमा सरकारको साथ रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । जग्गादाता जयकेश सिंहले स्व.मातापिताको मानव सेवाभावको प्रसंग कोट्याउँदै दानको सदुपयोग भएकोमा खुसी प्रकट गर्नु भयो । उहाँले सरकारले बाल सुधार गृहको प्रभावकारी सञ्चालनका लागि गर्नु पर्ने दायित्व बिर्सन नहुने कुरामा जोड दिनु भयो । बाल सुधार गृहका कार्यालय प्रमुख किशोर शर्माद्धारा सञ्चालन गरिएको कार्यक्रममा बालबालिका  र सहभागी अतिथीलाई खीर खुवाइएको थियो ।

प्रतिक्रिया