Listen LIVE

सुनको मूल्य साढे चार हजार रुपैयाँले घट्यो

नेपालगञ्ज : नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला चारहजार ६०० रुपैयाँ घटेर एक लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुन प्रतितोला एकलाख ८८ हजार १०० रुपैयाँ कारोबार भएको थियो । आज चाँदी ५० रुपैयाँ घटेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी एक हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया