Listen LIVE

फेरि बढ्यो सुनको मूल्य

नेपालगञ्ज : सोमबार सुनको भाउ तोलामा दुई हजार ९०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ प्रतितोला दुई लाख ४१ हजार ५०० रुपैयाँ तय गरेको छ ।

यसअघि आइतबार दुई लाख ३८ हजार ६०० रुपैयाँमा सुनको कारोबार भएको थियो । पछिल्ला पाँच दिनदेखि सुनको भाउ उकालो लागेको छ । कात्तिक १९ गते सुनको भाउ प्रतितोला दुई लाख ३७ हजार २०० रुपैयाँ थियो ।

त्यसयता मूल्य चार हजार ३०० बढिसकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च तोलाको दुई लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तीन हजार ६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला तीन हजार १५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया