गुल्मी : चाडपर्व नजिकिँदै गर्दा विगतमा व्यस्त हुने मादल बनाउने व्यवसाय अहिले सुनसान हुन थालेको छ ।
बागलुङ जिल्लाको गलकोटबाट गुल्मीको सदरमुकाम तम्घासमा मादल बनाउने पेसामा संलग्न गुल्मीका रामु नेपालीले पसलमा बनाएर राखेका मादल बिक्री नभएर थन्किएको बताए । पछिल्लो समय आधुनिक डिजे सङ्गीत, मोबाइल स्पिकर तथा डिजिटल रेकर्डिङ प्रणालीको प्रयोग बढेसँगै मादलको प्रयोग न्यून हुँदै गएको उनको भनाइ छ ।
मादल बनाउनका लागि आवश्यक पर्ने कच्चा सामग्री नपाउँदा मादल बनाउन नै समस्या हुन थालेको गुनासो पनि नेपालीको छ । मादल बनाउने सामग्री नेपालमा पाइँदैन, छिमेकी देशबाट सामग्री ल्याउँदा महँगो पर्छ, त्यसैले मादलको मूल्य वृद्धि भएको छ । मादल बनाउन, छाला र काठको समस्या हुने गरेको छ ।
कुनै समय वार्षिक तीन हजारसम्म मादल बेच्ने अर्का व्यवसायी डिलबहादुर अहिले वार्षिक ४०–५० वटा मादल बेच्न पनि धौ धौ हुने गरेको बताउँछन् । एउटा मादल तयार गर्न दुई तीन दिन लाग्ने डिलबहादुरको भनाइ छ । एउटा मादलको सामान्यतया दुई हजार पाँच सयदेखि सात हजार रुपैयाँसम्म मूल्य पर्ने गर्दछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार