Listen LIVE

कक्षा ११ लाई मंंगल प्रसादको स्वागत

नेपालगञ्ज : नेपालगञ्जस्थित मंगल प्रसाद नमूना माविद्धारा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमूखीकरण गरिएको छ । कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीलाई विद्यालय परिवार र कक्षा १२ का विद्यार्थीद्धारा आईतबार औपचारिक भव्य कार्यक्रम गरेर स्वागत गरिएको हो ।  

हरेक वर्ष स्वागत गर्दै आएको विद्यालयमा यसपाली कक्षा ११ मा ६ सय ५० जना नयाँ भर्ना भएका छन् । नयाँ विद्यार्थीलाई स्वागत गर्दै उनीहरुलाई मोटीभेशन क्लाश समेत दिइएको थियो । मोटीभेटर छत्र प्रसाद ज्ञवालीले सहभागीहरुलाई शिक्षा, संस्कार, संघर्ष र सफलताका विविधि पाटोमा उत्पे्ररणा प्रदान गरे ।

विद्यालयका सहायक प्रधानाध्यापक भरतमणी शर्माद्धारा स्वागत गरिएको समारोहमा विद्यार्थी स्वयंद्धारा विभिन्न सांगितिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । 

नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोरख थापाले विद्यार्थीलाई पाठयक्रमसँगै नैतिक, व्यवहारिक र संस्कारयुक्त शिक्षाको आवश्यक्तामा जोड दिए ।   

कक्षा १२ का विद्यार्थी अनिल कुमार थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख धनसुदन चौलागाई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयकेश सिंह, पत्रकार महासंघ लुम्बिनी अध्यक्ष शुक्रऋषि चौलागाई, विद्यालयकी प्रधानाध्यापक सन्ध्या गुप्ता लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया