Listen LIVE

राप्तीसोनारीका आगलागी पीडितलाई एमालेको राहत

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित भम्का गाउँका आगलागी पीडितलाई एमालेले राहत रकम हस्तान्तरण गरेको छ । गत जेठ २९ गते भएको आगलागीबाट उक्त गाउँमा रहेका ३ वटा घर र ३ वटा गोठ जलेर नष्ट भएका थिए ।

आगलागी पीडित कृष्ण घर्ती, हुमबहादुर घर्ती र भरत घर्तीलाई ४३ हजार ९ सय ९० रुपैयाँ हस्तान्तरण गरिएको नेकपा एमाले बाँकेका जिल्ला सदस्य नरेन्द्र केसीले जानकारी दिए । आगलागी पीडितलाई पार्टीका गाउँपालिका अध्यक्ष तुलसीराम थारु, सचिव मदन ओली, जिल्ला सदस्यद्धय नरेन्द्र केसी र अंकित श्रेष्ठ, राप्ती सोनारी १ का अध्यक्ष श्यामलाल बिक लगायतले हस्तान्तरण गरेका थिए ।

पार्टीको गाउँपालिका कमिटी र वडा नम्बर १ को वडा कमिटीले संगठित सदस्य, पार्टीका शुभचिन्तक लगायतसँग रकम संकलन गरेर आगलागी पीडितलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । आगलागी पीडितलाई राहत प्रदान गर्न एमाले बाँकेका जिल्ला उपसचिव किशोर थापाले ७ हजार ५ सय रुपैयाँ उपलब्ध गराएका थिए ।

प्रतिक्रिया