नेपालगञ्ज : भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट डर्मालोजिष्ट डा. बद्री चापागाईको सरुवा भएको छ । अस्पतालका पुर्वमेडिकल सुपरिटेण्डेन्ट रहेका एघारौं तहका डा. चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरको २०८१ जेठ २३ गतेको निर्णय अनुसार सरुवा गरिएको हो ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत रामप्रसाद ओलीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कामकाजमा खटाइएको छ । डा. चापागाईलाई खटिएकै निकायबाट तलब, भत्ता भुक्तानी हुने गरी सरुवा गरिएको शाखा अधिकृत ओलीले पत्रमा उल्लेख गरेका छन् ।
मन्त्रालयको कर्मचारी प्रशासन शाखाले सोही मितिमा निर्णय गरेर अस्पतालका फार्मेसी सुपरभाईजर निरीक्षक (छैठौं तह) अविनाश गुप्ता र फार्मेसी सुपरभाइजर(पाँचौ तह) दिनेश दमाई नेपालीको पनि सरुवा गरेको छ । गुप्तालाई औषधी ब्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्ज र नेपालीलाई गेटा अस्पताल कैलालीमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार