नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा गएराति एक अज्ञात महिलाको जलेको अवस्थामा शव फेला परेको छ ।
स्थानीयवासीका अनुसार घटनास्थलमा महिलालाई जिउँदै आगो लगाइएको आशंका गरिएको छ । विभिन्न सामाजिक सञ्जालमा ६–७ जनाको समूहले महिलामाथि आगजनी गरेको दाबी समेत गरिएको छ, तर यसबारे आधिकारिक पुष्टि भने भइसकेको छैन ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा महिलाको जलेर मृत्यु भएको देखिए पनि उनलाई कसले र किन जलायो भन्ने विषय अझै खुल्न सकेको छैन । घटनाको प्रकृति शंकास्पद देखिएकाले अनुसन्धानलाई तीव्र पारिएको बाँके प्रहरीले जनाएको छ ।
शवलाई पोस्टमार्टमका लागि पठाइएको छ भने मृतकको पहिचान खुलाउने प्रयास जारी रहेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
2026-03-29
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार