डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरु गरेको छ । चालु आर्थिक बर्ष २०८२–०८३ को प्रथम त्रेमासिकअन्तर्गत साउनदेखि असोजसम्मको भत्ता वितरण गरिरहेको हो ।
पालिकामै बैंकका कर्मचारी पुगेर भत्ता वितरण गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार नागरिकलाई सहजकताका लागि बैंकका कर्मचारीहरु गाउँमै आएर भत्ता वितरण गरिरहेका छन् । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंिकङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुःखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई गाउँमै बोलाएर वितरण गर्न लागेको बताए ।
पालिकाको वडा नं. १, २, ५ र ६ का नागरिकलाई वडा कार्यालय, वडा नं. ३ र ४ का नागरिकलाई पालिकाको कार्यालयमार्फत भत्ता वितरण गरिने सूचना प्रविधि अधिकृत शुरेस बर्माले जानकारी दिए । उनका अनुसार नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कुमारी बैंक र ज्योती विकास बैंकमार्फत सामाजिक सुरक्षा भक्तावापतको रकम वितरण गरिएको छ ।
डुडुवाको १ देखि ६ वटा वडासम्म करिब चार हजार एक सय ७५ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकाका एमआइएस अपरेटर कौशलकुमार कैरातीले बताए । उनका अनुसार जेष्ठ नागरिक, दलित, एकल, विधुवा, पुर्ण अपागंता भएका व्यक्ति र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई सरकारले तोकेको रकम वितरण गरिनेछ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार