Listen LIVE

विश्व फर्मासिस्ट दिवसमा भेरी अस्पतालका बिरामीलाई फलफूल वितरण

नेपालगञ्ज : विश्व फर्मासिस्ट दिवसको अवसरमा नेपालगञ्जस्थित भेरी अस्पतालका बिरामीलाई फलफूल तथा पानी वितरण गरिएको छ । नेपाल फार्मेसी संघ जिल्ला शाखा बाँकेले बिहिबार भेरी अस्पतालमा उपचाररत करिब १०० बिरामीलाई फलफूल र पानी वितरण गरेको हो ।

फलफूल वितरण कार्यक्रममा भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदी, अस्पतालका फार्मेसी इन्चार्ज उदयवीर शाही, औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जका फार्मेसी अधिकृत दिपेन्द्र शाह, संघका निवर्तमान अध्यक्ष सुरेन्द्र डफगर, संघका पदाधिकारी, सदस्य, विभिन्न अस्पताल, संस्था, फार्मेसीहरुमा कार्यरत असिस्टेन्ट फर्मासिस्ट, फर्मासिस्ट, पत्रकार लगायतको उपस्थिति थियो ।

बिरामीको उपचारका सवालमा अन्य स्वास्थ्यकर्मीझै फर्मासिस्टहरुको भूमिका समेत महत्वपूर्ण हुन्छ भन्ने सन्देश दिन कार्यक्रम आयोजना गरिएको संघका महासचिव लेखनाथ शर्माले जानकारी दिए । दिवसका अवसरमा आजै बेलुका नेपालगञ्जस्थित बिपि चोकमा दिप प्रज्वलन कार्यक्रमसमेत गरिने शर्माले बताए ।

प्रतिक्रिया