पर्सा : जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान २८ वर्षीय विकास चौरसियाको पर्सामा हत्या भएको छ । घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले चार जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार वीरगञ्ज महानगरपालिका–९ मुर्लीस्थित फिरोज मियाँको घरमा आइतबार साँझ करिब ५ बजे प्रहरी जवान चौरसिया गम्भीर घाइते अवस्थामा फेला पर्नुभएको थियो। जानकारी प्राप्त भएपछि उद्धारका लागि पुगेको प्रहरी टोलीले उहाँलाई उपचारका लागि नारायणी अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
चौरसियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको प्रहरीले जनाएको छ ।
सूचना अधिकारी बस्नेतका अनुसार घटनामा संलग्न रहेको आरोपमा रौतहट जिल्लाका २६ वर्षीय सन्तोष साह, उहाँकी श्रीमती २४ वर्षीया सोनी साह, बारा जिल्लाका १९ वर्षीय विशाल साह र भारतीय नागरिक २० वर्षीय कन्हैया कुमारलाई पक्राउ गरिएको छ ।
पक्राउ परेकामाथि अनुसन्धान भइरहेको र थप विवरण अहिले सार्वजनिक गर्न नसकिने प्रहरीले जनाएको छ । प्रहरी जवान चौरसिया १० दिनको घर बिदामा पर्सा आएका थिए । उनको घर पर्सा जिल्लाको कालिकामाई गाउँपालिका–१ मा रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार