Listen LIVE

दुई लाख ५० हजार कट्यो सुनको मूल्य

नेपालगञ्ज : नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । बिहीबार दुई हजार रुपियाँले बढेर सुन तोलामा दुई लाख ५० हजार नौ सय रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य थप बढेको हो । महासङ्घका अनुसार बिहीबार १० ग्राम सुनकै दुई लाख १५ हजार १०५ रुपैयाँ पुगेको छ ।

यसअघि बुधबार छापावाल सुन तोलामा दुई लाख ४८ हजार नौ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यसमेत बढेको छ । बिहीबार तीन हजार २७५ रुपैयाँ कायम भएको हो । बुधबार चाँदी तोलामा तीन हजार २४० रुपैयाँ कायम भएको थियो ।

प्रतिक्रिया