बर्दिया : अवैधरुपमा ओसारपसार गर्दै गरेको चार क्विन्टल ६२ किलोग्राम जडीबुटी टिमुरसहित एक जना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा–१ चेपाङदेखि टिमुर पक्राउ गरिएको हो ।
बाजुराबाट नेपालगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा सु प प्र ०१–००१ क २१७४ नम्बरको ट्रकलाई जाँच गर्दा १८ वटा बोरामा राखिएको टिमुर फेला परेको हो ।
ट्रक चालक शुक्लाफाँटा नगरपालिका वडा २ बस्ने ४३ वर्षीया तेजबहादुर जागरीलाई प्रहरीले पक्राउ गरेको छ । नियन्त्रणमा लिइएको टिमुर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा बुझाइएको छ ।
कुनै पनि अनुमति नलिई टिमुर ओसारपसार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले बताए ।
2025-12-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार