नेपालगञ्ज : नेपालीहरुको महान चाड विजया दशमीको पावन अवसरमा आजदेखि नेपालगञ्जको सुर्खेतरोडस्थित आँकुरा रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा आएको छ । दशैंको पहिलो दिन घटस्थापनाको पावन अवसरमा शुभसाइत जुराई आँकुरा रेष्टुरेण्ट सञ्चालनमा आएको हो ।
होटल व्यावसायी महासंघ बाँकेका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी रंगबहादुर खड्काले आँकुरा रेष्टुरेण्टको रिवन र केक काटेर उदघाटन गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि खड्काले नेपालगञ्जकै उत्कृष्ट परिकारले आगन्तुकको मन जित्ने सफलताको शुभकामना शुभकामना दिए । उनले नेपालगञ्ज मात्र नभई धेरै ठाउँमा शाखा सञ्चालन गरेर छिमेकी देश भारतका ग्रहाकलाई समेत उत्कृष्ट स्वाद दिई लाभ लिन सकोस भन्ने शुभकामना दिए । रेष्टुरेण्टमा तालिम प्राप्त कुकबाट विभिन्न परिकारको स्वाद र आफुले भने जस्तो खोजेजस्तो परिकारको स्वाद लिन सकिने रेष्टुरेण्टका प्रोप्राईटर कृष्ण कडेलले जानकारी दिए ।
ग्राहकले भने अनुसार स्वाद दिने हाम्रो दायित्व हो यसमा हामी सचेत छौं उनले भने । लामो समय अनुभव संगालेका कुक र वेटरहरु दक्ष रहेकोले स्वादिष्ट खानाका परिकार र सेवा दिने विश्वासका साथ आफुहरु ढुक्क भएको रेष्टुरेण्टका म्यानेजर कमल पौडेलले बताए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, विभिन्न होटलका सञ्चालक, समाजसेवी, बुद्धिजिवी, पत्रकार लगायतको सहभागिता रहेको रेष्टुरेण्ट उदघाटन कार्यक्रमको सञ्चालन पत्रकार ममता थापाले गरेकी थिइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार