Listen LIVE

चितुवा नियन्त्रणमा लिँदा दुई जना घाइते

दाङ : दाङको देउखुरीमा चितुवा नियन्त्रणमा लिने क्रममा दुई जना घाइते भएका छन् । राप्ती गाउँपालिका–१, भालुवाङ निवासी ५९ वर्षीय तिलक खड्का र सोही ठाउँ निवासी ३० वर्षीय सुशील विष्ट घाइते भएका हुन् ।

मङ्गलबार बिहान करिव ११ बजेको समयमा जङ्गलबाट भालुबाङ अस्पताल नजिकको बस्तीमा चितुवा पसेपछि खड्का र विष्टले छोप्न खोज्दा चितुवाले आक्रमण गरेको डिभिजन वन कार्यालय देउखुरीका सूचना अधिकारी दीपक चौधरीले जानकारी दिए ।

उनका अनुसार जङ्गलबाट गाउँमा पसेको चितुवा नियन्त्रणमा लिने क्रममा खड्काको मुख र दायाँ हात र विष्टको दुवै हातमा चोट लागेको छ ।

चितुवालाई स्थानीयले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयको टोलीलाई बुझाएका थिए । नियन्त्रणमा लिइएको घाइते चितुवालाई उपचारका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया पठाइएको सूचना अधिकारी चौधरीको भनाइ छ ।

प्रतिक्रिया