Listen LIVE

आन्दोलनरत कर्मचारीले फाले सञ्जीवनीको साइनबोर्ड

नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीले सञ्जीवनी कलेज अफ मेडिकल साइन्सको बोर्ड फालेका छन्।

तीन हप्ताभन्दा लामो समयदेखि निरन्तर आन्दोलनमा रहेका कर्मचारीले शनिबार दिउँसो सञ्जजीवनी कलेज अफ मेडिकल साइन्सको बोर्ड निकालेर फालेका हुन्।

लर्ड बुद्व एजुकेशनल एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीले तलबलगायत सेवा सुविधा वृद्धिको माग राखेर आन्दोलन गरिरहेकै बेला अस्पताल व्यवस्थापनले कलेजको नाम नै परिवर्तन गरी नयाँ साइनबोर्ड राखेर आठ सय कर्मचारी मागको सूचना निकालेको थियो। त्यसले आन्दोलनकारी थप आक्रोशित भएका छन्।

लामो समयदेखि आन्दोलन चलिरहे पनि वार्तामा बस्नुको सट्टा व्यवस्थापन अदालत गएको थियो। अदालतले हालै कर्मचारीको आन्दोलन गर्ने प्रक्रियामा प्रश्न उठाउँदै काम नरोक्न अन्तरिम आदेश गरेको थियो।

कर्मचारीले विभिन्न ७ बुँदे माग राखेर ७ महिना अघि माग पत्र बुझाएका थिए।

प्रतिक्रिया