नेपालगञ्ज : नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालमा १५६ जनाको आँखामा नानी प्रत्यारोपण गरिएको छ ।
गत जुलाईबाट मात्र कर्निया सर्जरी सुरु भएको यस अस्पतालमा मङ्सिर मसान्तसम्म १५६ जनालाई नानी प्रत्यारोपण सेवा प्रदान गरिएको अस्पतालका कर्निया विशेषज्ञ (आँखाको नानी रोग विशेषज्ञ) डा.राजशी श्रेष्ठले जानकारी दिइन् ।
डा.श्रेष्ठका अनुसार आँखाको प्रकृति अनुसार २२ हजारदेखि ३३ हजार रुपैयाँसम्म शुल्क लिएर आँखाको नानी प्रत्यारोपण हुँदै आएको छ । उनले १० देखि ८० वर्ष उमेरसम्मका व्यक्तिको आँखाको नानी प्रत्यारोपण गरिएको समेत जानकारी दिइन् । प्रत्यारोपण भने जुनसुकै उमेर समूहका व्यक्तिमा गर्न सकिने उनले बताइन् ।
काठमाडौँस्थित तिलगंगा आँखा प्रतिष्ठानमा मात्र आई बैङ्क सञ्चालनमा रहेका कारण तिलगंगा आँखा अस्पतालबाट आँखाको नानी ल्याएर अस्पतालमा सफलतापूर्वक प्रत्यारोपण सेवा प्रदान भइरहेको छ । यसअघि नेपालगञ्जमा कर्नियाको सर्जरी सेवा थिएन । फत्तेबाल आँखा अस्पतालमा डा.राजशीले यो सेवाको सुरुवात गरेकी हुन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार