नेपालगञ्ज : नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ । अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार छ रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला ४०० रूपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार १०० रूपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार ८६५ रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ८९० रूपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ घटेको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ६३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
2024-12-08
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार