नेपालगञ्ज : नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा नेपालगञ्जमा 'हिट एक्शन डे' मनाइएको छ । 'घरभित्रको गर्मीः घरभित्र सामना गर्नुपर्ने स्वास्थ्य जोखिमको पहिचान र त्यसविरुद्ध आवश्यक कार्य' भन्ने मूल नाराका साथ मनाइएको छ ।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३, १४ १९, २१ र २२ वडा जनप्रतिनिधि, नेपालगञ्ज उपमहानगरपालिकाका प्रतिनिधि, रेडक्रस स्वयंसेवक, कर्मचारी र पत्रकारहरुको सहभागिता रहेको थियो । हिट एक्शन डे हरेक वर्ष २ जुनका दिन विश्वभरी मनाउने गरिन्छ ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले तातो हावा -हिट वेभ) बाट प्रभावित व्यक्तिलाई तत्काल केही राहत होस् भनेर बढी आवतजावत हुने बसपार्कमा नेपालगंज उपमहानगरपालिकाको समन्वयमा कुलिङ सेन्टर निर्माण गरिएको बताउँदै तातो हावाको लहरबाट बच्न व्यापक प्रचारप्रसार गर्नुपर्ने कुरामा जोड दिए ।
नेपालगञ्ज उपमहानगरपालिकाका वडा नं. ६ का वडा अध्यक्ष एवं नेपालगञ्ज उपमहानगरपालिका विपद समिति संयोजक समीर प्रताप सिंहले रेडक्रसले तातो हावा सम्बन्धी कार्यक्रम गर्दै आएकोमा धन्यवाद व्यक्त गर्दै नेपालगंज उपमहानगरपालिकाले तातो हावा सम्बन्धी कार्य योजनाबद्ध तारिकले कार्यान्वयन गरिरहेको बताए ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरीले तातो हावाको असर सबै वर्ग र समुहलाई पर्ने भएकोले आफ्नो दैनिक कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताए ।
नेपाल रेडक्रस सोसाइटी विपद् तथा संकट व्यवस्थापन समितिका संयोजक नरेन्द्र कुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कार्यालय प्रमुख दोलखबहादुर डाँगी र नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रकाश डिसी लगायतले विचार व्यक्त गरेका थिए भने कार्यक्रमका फोकल पर्सन झविलाल शर्माले तातो हावा सम्बन्धी प्रस्तुतिकरण गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार