Listen LIVE

दुर्व्यवहार घटनाप्रति कर्मचारीको गम्भीर ध्यानाकर्षण

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकामा कार्यालय समयमा केही व्यक्तिहरूले हुल–हुज्जतसहित प्रवेश गरी कर्मचारीमाथि दुर्व्यवहार गरेको घटनाप्रति गाउँपालिकाका कर्मचारीहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । उक्त घटनाले सार्वजनिक सेवा प्रवाहमा असर पुगेको कर्मचारीहरूको भनाइ छ ।

कर्मचारीहरूले संयुक्तरुपमा गाउँपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाउँदै कार्यालयको काम कारबाहीमा अवरोध सिर्जना गर्ने तथा कार्यरत कर्मचारीमाथि गरिएको अभद्र व्यवहार, धम्की र अस्वाभाविक गतिविधि अस्वीकार्य भएको बताएका हुन् ।

ध्यानाकर्षण पत्रमार्फत कर्मचारीहरूले राष्ट्रसेवक कर्मचारीहरू कानुनबमोजिम आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको अवस्थामा यस्ता गतिविधिले सार्वजनिक प्रशासनप्रति नकारात्मक असर पार्ने उल्लेख गरेका छन् । साथै, घटनालाई गम्भीर रूपमा लिइएको जनाउँदै दोषीमाथि कानुनी तथा प्रशासनिक कारबाही गर्न माग गरिएको छ ।

कर्मचारीहरूले गाउँपालिका कार्यालयमा शान्ति, सुरक्षा र मर्यादित वातावरण कायम राख्न सबै सरोकारवालालाई संयमता अपनाउन अनुरोध गरेका छन् । आवश्यक वातावरण निर्माण नभएसम्म कामकाजमा फर्किन नसकिने र थप आन्दोलनका कार्यक्रमसमेत घोषणा गरिने चेतावनी दिइएको छ ।

प्रतिक्रिया