रुकुमपश्चिम : रुकुमपश्चिमको मुसिकोट नगरपालिका–५, थर्पुमा रहेको प्रसिद्ध धार्मिकस्थल डिग्रे भगवती शाईकुमारी मन्दिरमा चोरी भएको छ । गएराति मन्दिरमा रहेको दानपेटिकाबाट नगद रकम चोरी भएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीका अनुसार मन्दिरको मूल ढोकाको ताला फोडेर चारवटा दानपेटिकामा रहेको रकम चोरी भएको छ । दानपेटिकामा रहेको करिब दुई लाख रुपैयाँ चोरी भएको अध्यक्ष केसीले जानकारी दिए । चोरीको घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले चोरीको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पठाएको जानकारी दिए ।
टोलीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए । मन्दिरमा रहेको सिसिटिभी क्यामेराको फुटेज जाँच, स्थानीयसँगको बयान लगायतको काम भइरहेको डिएसपी विष्टले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार