Listen LIVE

ढकारी गाउँपालिकाले ल्यायो नयाँ एम्बुलेन्स

अछाम : अछामको ढकारी गाउँपालिकाले नयाँ एम्बुलेन्स खरिद गरेको छ । गाउँपालिकाले नागरिकको सेवाका लागि नयाँ एम्बुलेन्स खरिद गरेको हो । गाउँपालिकाको यस आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत खरिद गरेको नयाँ एम्बुलेन्स गाउँपालिकामा आइपुगेको हो ।

करिब २५ लाख रुपैयाँको लागतमा खरिद गरिएको उक्त एम्बुलेन्स आइतबारदेखि औपचारिकरूपमा नागरिकको सेवामा सञ्चालनमा आउने बताइएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश साउदले एम्बुलेन्सको आगमनले गाउँपालिकाको स्वास्थ्य सेवा प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । गाउँपालिकाका अध्यक्ष साउदले भने, “नयाँ एम्बुलेन्सले आइतबारबाट सेवा दिन सुरु गर्ने छ ।”

प्रतिक्रिया