नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेजका आन्दोलनरत कर्मचारीहरुले नेपालगञ्ज मेडिकल कलेजको वोर्ड हटाएर अस्पताल व्यवस्थापन पक्षले रातारात संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको बोर्ड झुन्ड्याइएकोप्रती आपत्ति जनाएका छन् ।
आज नेपालगञ्जमा पत्रकार सम्मेलन गरि कर्मचारी आन्दोलन परिचालन समितिले अस्पताल व्यवस्थापन पक्षले शान्तिपूर्ण आन्दोलनरत कर्मचारीहरुलाई थप आक्रोशित पार्न काम गरेको उल्लेख गरेको छ । कर्मचारीहरुलाई व्यवस्थापन नगरी हठातमा थप कर्मचारीको माग गर्नु कानून बिपरित भएको आन्दोलनरत कर्मचारी सुमन श्रेष्ठ गिरीले दाबी गरिन् ।
उनले संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालीको कानूनी बैधतामा प्रश्न गरिन । आन्दोलन परिचालन समितिका संयोजक रत्ना गिरीले पनि व्यवस्थापन पक्षको निर्णय मेडिकल माफिया प्रवृत्ति जस्तै भएको बताइन् । उनने संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्राली दर्ता नै नभएको जिकिर गरिन् ।
उनले नेपालगञ्ज मेडिकल कलेजमा बोर्ड राख्ने अधिकार संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालीलाई नभएको पनि दाबी गरिन् । आन्दोलन समितिका सहसंयोजक यमबहादुर खड्काले व्यवस्थापन पक्षले हचुवाको भरमा रातारात वोर्ड फालेर संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालिको बोर्ड राख्नु कर्मचारीहरुलाई आन्दोलित बनाउने खेल भएको बताए ।
उनले नेपालगञ्ज र कोहलपुर मेडिकल कलेजका कर्मचारीहरुलाई फाटो ल्याउन खोजिएको भन्दै त्यसो हुन नदिने चेतावनी दिए । त्यसैगरी आन्दोलन कर्मचारीको अगुवाई गर्दै आएकी अनिता थापाले आन्दोलन नरोकिने चेतावनी दिइन् ।
उनले अस्पताल सञ्चालक खुमा अर्याललाई मेडिकल माफियाको संज्ञा दिइन् । पैसाको भरमा कानून हातमा लिएको आरोप उनको थियो । आन्दोलनरत कर्मचारीहरुले जारी आन्दोलन नरोकिने चेतावनी दिएका छन् । आन्दोलन कर्मचारीहरुले आफ्नो हकहितका लागि जस्तो सुकै आन्दोलन गर्ने पनि चेतावनी दिए । तर बार्ताका लागि आफुहरु तयार रहेको उनिहरुको भनाइ छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार