नेपालगञ्ज : सशस्त्र प्रहरीले बाँकेबाट साढे ३ करोड रुपैयाँ बढीको अवैध सामग्री बरामद गरेको छ। सीमा नाकामा सशस्त्र प्रहरीले कडाइ गर्दा जिल्लाभरबाट ३ करोड ६९ लाख ५९ हजार ८०३ रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको सशस्त्र प्रहरी बल नं.३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।
सशस्त्र प्रहरीका अनुसार गत फागुनदेखि जेठको मध्यसम्ममा उक्त रकम बराबरको अवैध सामग्री बरामद गरेर आबश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा बुझाइएको हो। जसमा सशस्त्र प्रहरीले अवैध लत्ताकपडा, हार्डवेयर, औषधि, सुर्तीजन्य पदार्थ, इलेक्ट्रोनिक सामगरि, खाद्यान्न,कुखुरा, सवारीसाधन लगायत बरामद गरेको सशस्त्र प्रहरी बाँकेले जनाएको छ।
सशस्त्र प्रहरी बल नं.३० गण र मातहतका गुल्म, बिओपी तथा फरवार्ड बेसले अवैध तस्करी नियन्त्रणमा सक्रियताका साथ लाग्दै यति ठुलो रकम बराबरको अवैध सामग्री बरामद गरेको हो। सीमा नाकामा ड्युटी रहने सशस्त्र प्रहरीलाई झुक्यानमा पारेर ल्याइने अवैध सामग्रीलाई समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिँदै आउँदा आजभोलि चोरी–तस्करीको मात्रा शुन्य झै हुँदै गएको देखिएको छ।
विशेष गरेर सीमावर्ती गाउँका स्थानीयलाई व्यवहारिकरुपले २–४ सयको घरायसी सामग्री ल्याउन दिएपनि ठुलो परिमाणमा सामग्री ल्याउन रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।
नेपालगञ्जस्थित सशस्त्र प्रहरी बल नं.३० गण र मातहत रहेका विओपी जयसपुर, सशस्त्र प्रहरी गुल्म जमुनाहा, बिओपी बढैया, साइँगाउँस्थित सशस्त्र प्रहरी फरवार्ड बेस, बिओपी कालाबन्जार, बिओपी खडैंचा र दुरदराजमा रहेका बिओपी गंगापुर, सशस्त्र प्रहरी गुल्म नरैनापुर, बिओपी कटकुँइयाले अवैधरुपले भित्रिनेसामग्री नियन्त्रणमा कडाइ गरेपछि तस्करीमा कमी भएको सशस्त्र प्रहरीले जनाएको छ।
खास गरेर भारतबाट अवैधरुपले भित्रिने बोइलर कुखुरा र ओसारपसारमा प्रयोग गरिएका सवारीसाधनलाई समेत बरामद गर्दै कुखुरा तस्करी बन्द भइसकेको अवस्था रहेको छ। कुखुराको अवैध चोरीपैठारी गर्ने एक जनाले भने–“ सशस्त्र प्रहरीको कडा निगरानीले आजभोलि कुखुरा पास गराउन म त के कसैले पनि सक्दैन। सशस्त्र प्रहरीले कुखुरा बरामद गर्दै मान्छेलाई पनि समात्छ अनि बाइक पनि नियन्त्रणमा लिन्छ। यसो रिस्क मोलेर सुरक्षा निकायको आँखा छलेर पास गराइयो भने पनि सशस्त्र प्रहरीले समातिहाल्छ।“
यति ठुलो घाटा खाएर कसैले कुखुरा पास गराउन नसक्ने भन्दै सशस्त्र प्रहरीको आँखा छल्नै गाह्रो हुने उनले बताए।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार