Listen LIVE

जेन–जी आन्दोलनका क्रममा फरार कैदी ८ महिनापछि पक्राउ

नेपालगञ्ज : जिल्ला प्रहरी कार्यालय बाँकेले जेन–जी आन्दोलनका क्रममा फरार रहेका एक कैदीलाई ८ महिनापछि पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८२ भदौ २४ गते नौबस्ता कारागारबाट फरार भएका जाजरकोटको नलगाड नगरपालिका–३ निवासी कमल थापालाई पक्राउ गरिएको हो । 

कैदीलाई विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–६ बाट पक्राउ गरेको थियो ।

पक्राउ परेका कैदी थापाविरुद्ध जबरजस्ती करणी मुद्दामा फैसला भई चार वर्ष कैद सजाय तथा तीन लाख रुपैयाँ जरिवाना तोकिएको थियो । 

उनी सजाय भुक्तानको क्रममा कारागारबाट फरार भएका थिए । पक्राउपछि थापालाई आवश्यक कारबाहीका लागि नौबस्ता कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया