नेपालगञ्ज : बाँकेको कोहलपुरस्थित एक ठुलो जुवाखालबाट प्रहरीले लाखौं रुपैयाँसहित जुवाखालका सञ्चालकसहित ११ जना जुवाडेहरुलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा ठुलो जुवा भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर– १५ चौधरीयागाउँबाट गए राति साढे १२ बजे २ लाख ८८ हजार ८३५ रुपैयाँसहित ११ जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनीहरुलाई चौधरीयागाउँमा रहेको लक्ष्मी प्रसाद बोहराको कुखुरा फर्ममा बनाइएको जुवाखालबाट उक्त रकम र खोलिएका ७ र नखोलिएका ७ गडडी ताससहित पक्राउ गरिएको हो।
जुवाखालबाट पक्राउ पर्ने जुवाडेहरुमा लक्ष्मी प्रसाद बोहरा,धन बहादुर परियार,मायाराम थारु,सन्जय चौधरी,राम शेवक थारु,किसन सुनार,सत्यनारायण थारु,खेम बहादुर क्षेत्री,चन्द्रराज गिरी,दिलिप सिंह ठकुरी र दिपेन्द्र थापा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
पक्राउ परेका जुवाडेहरुलाई हिरासतमा लिएर इलाका प्रहरी कार्यालय कोहलपुरलेले थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार