Listen LIVE

बर्दियाबाट ठुलो परिमाणमा अवैध इलेक्ट्रिक चुरोट बरामद

बर्दिया : सशस्त्र प्रहरीले बर्दियाबाट ४८ लाख रुपैयाँ बढीको इलेक्ट्रिक चुरोट बरामद गरेको छ । 

नेपालबाट भारततर्फ लैजाँदै गरेको ४८ लाख ५ हजार रुपैयाँ बराबरको चाइनीज इलेक्ट्रिक चुरोटलाई जिल्लाको सीमा नाका नजिकबाट बरामद गरिएको सशस्त्र प्रहरी नं.३१ गण बर्दियाले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी बर्दियाका अनुसार बिओपी शक्तिपुरबाट सई कमल बहादुर नेपालीको कमाण्डमा गएको टोलीले जिल्लाको मधुवन नगरपालिका–५ शक्तिपुरबाट गए राति १२ बजे उक्त रकम बराबरको चाइनीज इलेक्ट्रिक चुरोट बरामद गरेको हो ।

भारततर्फ साइकलमा चाइनीज इलेक्ट्रिक चुरोट लिएर जाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीलाई देख्ने बित्तिकै तस्करहरुले साइकल र इलेक्ट्रिक चुरोट छोडेर भागेको सशस्त्र प्रहरी नं.३१ गण बर्दियाले जनाएको छ ।

बरामद गरिएको ९ सय २० पिस चुरोटको प्रति पिस २५ सय रहेको छ भने बरामद गरिएको चुरोट तथा ओसारपसारमा प्रयोग गरिएका साइकललाई आबश्यक कारबाहीका लागि भन्सार कार्यालय बर्दिया पठाउन लागिएको सशस्त्र प्रहरी बर्दियाले जानकारी दिएको छ ।

प्रतिक्रिया