बर्दिया : संरक्षित वन्यजन्तु उदबिलाव -ओत)को आखेटोपहारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । राजापुर नगरपालिका–१ दौलतपुर झोलुङ्गे पुलस्थितबाट संरक्षित वन्यजन्तुको आखेटोपहारसहित सोही ठाउँका २७ वर्षीय अरुण सोनाहालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सोनाहाको साथबाट संरक्षित वन्यजन्तु उदबिलावको ४ फिट ५ इन्च लम्बाइ र ८ इन्च चौडाइ रहेको छाला बरामद भएको छ । कर्णाली नदीको किनारमा शंकास्पद रूपमा हिँडिरहेका सोनाहालाई नियन्त्रणमा लिई जाँच गर्दा वन्यजन्तुको छाला बरामद भएको प्रहरीले जनाएको छ ।
वन्यजन्तुको छालासहित सोनाहालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
2026-07-27
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार