Listen LIVE

एक दिवसीय अपाङ्गता परीक्षण शिविर आयोजना

नेपालगञ्ज : बाँके  युनेस्को क्लबले विद्यालयमा अध्ययनरत बालबालिकालाई लक्षित गरी एक दिवसीय अपाङ्गता परीक्षण शिविर आयोजना गरेको छ। 

क्लबले प्लान इन्टरनेशनल नेपालसंगको  साझेदारीमा  संचालित अपाङ्गता समावेशी परियोजनाअन्तर्गत सो शिविर गुलरिया नगरपालिका र नेपालगन्ज मेडिकल कलेज टिचिङ हस्पिटल, कोहलपुरको सहकार्यमा सम्पन्न गरेको हो ।

उक्त शिविरमा सहभागी बालबालिकालाई पहिले नै विद्यालयमा वाशिंगटन समूहको प्रश्नावलीको आधारमा मुल्याङ्कन गरिएको थियो। शिविरको उदघाटन गुलरिया नगरपालिकाकी उपप्रमुख सबित्रा गौतमले गरिन् । उदघाटन कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत, इकाइ प्रमुखहरू, नगर कार्यपालिकाका सदस्यहरू, र वडा अध्यक्षहरू उपस्थित थिए।

शिविरमा बाँके युनेस्को क्लबका मुख्य संरक्षक परवेज अली सिद्दिकी, अध्यक्ष रवि कुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष  पंचम गुरुङ, प्राविधिक सल्लाहकार  साजिद अली सिद्दिकी, र कार्यक्रम संयोजक  महेश नेपालीको लगायत चिकित्सकहरुको समेत उपस्थिति रहेको थियो।

बालबालिकाको आँखा, हड्डी, कान, नाक, घाँटीका विशेषज्ञहरू तथा नेपालगञ्ज मेडिकल कलेज टिचिङ हस्पिटल, कोहलपुर–बाँकेका फिजियोथेरापिस्टहरूले शिविरमा परीक्षण गर्नुभएको थियो। 

गुलरिया नगरपालिकाको परिचयपत्र वितरण समितिका सदस्य डा. बिजय उपाध्यायले बालबालिकालाई परिचयपत्र वितरण गरेका थिए।

शिविरको नतिजा स्वरूप, १० जना बालबालिकालाई अपाङ्गता परिचयपत्र प्रदान गरियो, १८ जना बालबालिकालाई चस्मा वितरण गरियो, र २ जना बालबालिकालाई श्रवण सहयोग यन्त्र प्रदान गरियो। 

उक्त एक दिवसीय अपाङ्गता परीक्षण शिविर बर्दिया जिल्लाको बढईया, बांसगड़ी र राजापुर नगरपालिकामा समेत संचालन गरीने बाककके युनेस्को क्लबले जनाएको छ ।

प्रतिक्रिया