Listen LIVE

मुस्ताङको जोमसोममा ‘समुदायको सुरक्षा’ विषयक कार्यक्रम

मुस्ताङको जोमसोममा ‘समुदायको सुरक्षा’ विषयक कार्यक्रम 

  जोमसोम / समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय मुस्ताङले बुधबार मुस्ताङको जोमसोममा फरक  किसिमको कार्यक्रम गरेको छ ।

हिउँदयामको पुस महिनाको मध्य उत्तरार्धमा जोमसोम लगायतका स्थानहरुबाट स्थानीय नागरिक तथा ब्यवसायीहरु बेसी झर्ने शिलशिला सुरु हुनु अगाडिको मेसो पारेर ब्यवसायको सुरक्षा गर्न अपनाउनु पर्ने तरिका सहित जानकारी गराउने उद्धेश्यले सामुदायिक सुरक्षा बिषयक प्रशिक्षण सहितको अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको प्रमुख आतिथ्यतामा संञ्चालित समुदाय सुरक्षा विषयक कार्यक्रममा प्रहरी नायव उपरीक्षक  भोजराज पाण्डेयले सचेतना सम्बन्धि प्रशिक्षण दिएका थिए ।

समुदायको सुरक्षामा समुदायमा बस्ने नागरिकहरुले अपनाउनु पर्ने सचेतनाको बारेमा मुस्ताङमा पहिलो पटक यसप्रकारको कार्यक्रम प्रहरीले संञ्चालन गरेको हो । 

प्रशिक्षणपछि स्थानीय नागरिक तथा व्यवसायीहरुले समुदाय सुरक्षाका विषयमा विभिन्न प्रश्नहरु गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले सम्बोधन गर्नु भएको थियो ।

करिब ५० जना जोमसोमका स्थानीय र ब्यबसायीहरु सहभागी रहेको सो कार्यक्रमको संचालन प्रहरी निरीक्षक राजन थापाले गरेका थिए ।


प्रतिक्रिया