Listen LIVE

बैजनाथमा मानव अधिकार समितिको बैठक सम्पन्न

नेपालगञ्ज : बाँकेको बैजनाथ गाउँपालिकामा मानव अधिकार समितिको बैठक सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा बसेको उक्त बैठकमा विभिन्न महत्वपूर्ण विषयहरूमा छलफल गर्दै आवश्यक निर्णयहरू गरिएको छ ।

बैठकमा गाउँपालिका उपाध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरू, शाखा प्रमुखहरू तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले मानव अधिकार संरक्षण, सेवा प्रवाह सुधार तथा स्थानीय तहमा सुशासन प्रवद्र्धन गर्ने विषयमा आ–आफ्ना धारणा राखेका थिए । अल्पसंख्यक, सिमान्तकृत, अति सिमान्तकृत र दलित समुदाय समुदायका किशोरीहरूलाइ शिक्षा, र उल्लेखित समुदायलाई स्वास्थ्य तथा कृषिमा विशेष व्यवस्था गर्दै आएका छौं । शाखा प्रमुख तथा अध्यक्षको राखेका थिए ।

बैठकमा शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका तथा नागरिक समाजसँग सम्बन्धित विविध विषयहरूमा विस्तृत छलफल गरिएको थियो। साथै, स्थानीयस्तरमा जनतालाई प्रभावकारी सेवा प्रदान गर्न आवश्यक पहल गर्ने निर्णयसमेत गरिएको जनाइएको छ ।

कार्यक्रमको अन्त्यमा उपस्थित सदस्यहरूले हस्ताक्षर गर्दै बैठकका निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । मधेश मानव अधिकार गृह -माहुरी होम) कपिलबस्तुको सहकार्य एवं पिबिआईको सहयोगमा आयोजित छलफल तथा बैठकमा कार्यक्रम संयोजक रिखिराम निगमले माहुरी होम र पिबिआई परियोजनाले गरिरहेका काम र मानव अधिकारको अवस्था तथा चुनौतीबारे प्रस्तुतिकरण गरेका थिए ।

माहुरी होमले मानव अधिकार, लैङ्गिक समानता, सामाजिक न्याय र सिमान्तकृत समुदायको सशक्तिकरणका लागि काम गर्ने निगमले बताए । मधेश मानव अधिकार गृह -माहुरी होम) का केन्द्रीय अध्यक्ष रामदयाल ठाकुरले माहुरी होमले मधेशी, अल्पसंख्यक, सिमान्तकृत, दलित, महिला र मुस्लिम लगायतको मानव अधिकारको संरक्षण, संबद्र्धन र सम्मानमा काम गरिरहेको जनाउँदै सो कार्यमा जनप्रतिनिधि र स्थानीय सरकारको सहयोग आवश्यक रहेको बताए । मधेश मानव अधिकार गृह -माहुरी होम) का सल्लाहकार दिनेश चन्द त्रिपाठी, मधेश मानव अधिकार गृह -माहुरी होम) का सदस्य सीता चौधरीलगायतको सहभागिता रहेको थियो ।

संरक्षण परियोजना पिबिआई नेपालको सहयोगमा बाँके, दाङ र कपिलवस्तुमा सञ्चालित रहेको माहुरी होम बाँकेका अध्यक्ष एवं संरक्षण परियोजनाका सामाजिक परिचालक दिनेश ठाकुरले बताए । उनले माहुरी होमले सञ्चालन गरेको संरक्षण परियोजनाअन्तर्गत अल्पसङ्ख्यक सिमान्तकृत समुदायको पहिचान तथा सामाजिक न्याय प्राप्तिको अवस्था विषयक बैठक आयोजना गरिएको बताए ।

प्रतिक्रिया