नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले सडकमा फोहोरमैला फालेपछि जरिवाना गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–९ भूमिसुधार तथा मालपोत कार्यालय पछाडि भु–सेवा केन्द्र जाने सार्वजनिक बाटोमा जथाभावी फोहोरमैला फाल्ने हरिदेवबक्स कुर्मीलाई ’नेपालगञ्ज उपमहानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५’ बमोजिम रु. पाँच हजार जरिवाना गरिएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले जानकारी दिए ।
पटक–पटक सम्झाउँदा पनि अटेर गरेपछि चौधरीलाई जरिवाना गरिएको बोगटीले बताए ।
नगरलाई सफा, स्वच्छ र सुन्दर बनाउन सचेतना प्रबद्र्धनसंगै नेपालगञ्ज उपमहानगरपालिकाले कारबाहीको नीति पनि लिएको छ । नगर प्रमुख प्रशान्त विष्टले जथाभाबी फोहोर फाल्नेविरुद्ध निगरानी बढाइएको बताए । उनले फोहोर ब्यवस्थापनमा सघाएर नगर सफा राख्ने अभियानमा साथ दिन नगरबासीलाई आग्रह गर्दै आएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार