नेपालगञ्ज : बाँकेको राप्तीसोनारी गाउँपालिकाले साढे ५७ लाख राहत वितरण गरेको छ । गत आर्थिक वर्ष र चालू आर्थिक २०८१।०८२ मा विपदबाट पीडित परिवारलाई उक्त राहत वितरण गरिएको राप्तीसोनारी गाउँपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक जीवन न्यौपानेले जानकारी दिए । उनका अनुसार ५२ जना पीडित परिवारलाई राहात वितरण गरिएको हो ।
हावाहुरी, डुवान, चट्याङ, आगलागी जस्ता विपदबाट पीडित परिवारलाई राहत स्वरुप उक्त रकम प्रदान गरिएको हो । त्यसैगरी विभिन्न कारणले मृत्युवरण गरेका पीडित परिवारलाई पनि राहात वितरण गरिएको छ । राहात पाउनेमा सबैभन्दा धेरै हावाहुरीले घरको छाना उडाउँदा, अन्नवालीमा नोक्सानी पुर्याउँदा पीडित बनेकाहरुले पाएका छन् ।
उनीहरुलाई कम्तीमा पाँच हजार देखि २५ हजारसम्म राहात प्रदान गरिएको संयोजक न्यौपानेले बताए । त्यसैगरी विभिन्न कारणले मृत्युवरण गरेका ९ जनाका परिवारलाई पनि राहात सहयोग गरिएको उनले बताए । गाउँपालिकाका अध्यक्ष तप्प बहादुर पौडेलले विपद र मृत्युबाट ज्यान गुमाएका परिवारलाई पालिकाले आफ्नो स्रोतसाधनले भ्याउने जति सहयोग गर्ने गरिएको बताए ।
‘विभिन्न विपदबाट पार्ने प्रभावसँग जुध्न स्थानीय सरकारले पनि आफ्नो दायित्व सम्झेर सहयोग गर्ने गरेको छ उनले भने–‘आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई प्राथमिकतामा राखेर सहयोग गर्ने गरेका छौं ।’ हावाहुरी, डुवान, चट्याङ, आगलागी जस्ता विपदीबाट घर, वालीनाली तथा मानवीय क्षती पुगेका परिवारबाट प्राप्त निवेदनका आधारमा सहयोग गर्ने गरिएको अध्यक्ष पौडेलले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार