Listen LIVE

बुधबार पुनः बढ्यो सुनचाँदीको मूल्य

नेपालगञ्ज : नेपाली बजारमा बुधबार पनि सुनचाँदीका मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९०० रुपैयाँले बढेर दुई लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ।

मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी तोलामा २० रुपैयाँ बढेर तीन हजार २२० रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया