बुटवल : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले अब व्यक्तिले गोजीबाट रकम निकालेर उपचार गराउने समय समाप्त हुने बताउँदै बिमा कार्डबाट उपचार सुनिश्चित गर्न कडाइ गर्नुपर्ने बताएका छन् ।
आज बुटवलमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य बिमा कोषलाई सुरक्षित र बलियो बनाउँदै सर्वसाधारणलाई सेवा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । मन्त्री पौडेलले स्वास्थ्यलाई राज्यको पहिलो प्राथमिकतामा राख्दै सरकारी अस्पतालमा दरबन्दी वृद्धि र निजी क्षेत्रको निरन्तर विस्तारलाई सन्तुलनमा ल्याउनुपर्ने धारणा राखे ।
“स्वास्थ्य राज्यको मात्रै दायित्व हो । अहिलेसम्म यो पहिलो प्राथमिकतामा परेन । सरकारी अस्पतालमा दरबन्दी बढेनन् निजी क्षेत्र फराकिलो बने । स्वास्थ्यलाई राज्यले जिम्मेवारी लिनुपर्छ अब । केही सुधारका काम भएको छन् ।” उनले भने” बिमा कोष सुरक्षित बनाएर जानुपर्छ । यसैबाट सर्वसाधारण सुरक्षित हुनेछन् स्वास्थ्य सेवाका लागि अब बिमा कोष बनाउन बलियो संयन्त्र बनाउने हो । राज्यले आम्दानी गर्ने ठाउँबाट पनि केही प्रतिशत यो कोषमा जाने गरी । स्वास्थ्यकर कोष बढाइनुपर्नेछ ।”
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार