Listen LIVE

राप्ती सोनारीले असार १० गते नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाले यही असार १० गते गाउँसभाको १७औं अधिवेशन गर्ने तयारी गरेको छ । सभाका अध्यक्ष तप्तबहादुर पौडेलले लुम्बिनी प्रदेशको गाउँ–नगर सभाको (कार्यसञ्चालन)कार्यविधि ऐन, २०७६ को दफा ३ को उपदफा (१) बमोजिम राप्ती सोनारी गाउँपालिकाको गाउँसभाको १७ औं अधिवेशन असार १० गते मंगलबार दिउँसो १ बजे बस्नेगरी आब्हान गरेको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।

गाउँ सभाको १७औं अधिवेशनमा उपस्थित हुन सबै सदस्यहरुको गरिमामय उपस्थितीको लागि अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत ऐडीले बताए । गाउँ सभाको १७ औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । गाउँपालिका अध्यक्ष पौडेलले नीति तथा कार्यक्रम र उपाध्यक्ष मनिषासिंह थारुले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया