नेपालगञ्ज : विगत केही दिनदेखि उच्च वृद्धि भएको सुनचाँदीको मूल्यमा बिहीबारदेखि सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा बिहीबार सुन तोलामा रु. ४०० र चाँदीमा रु. २५ ले घटेकामा त्यति नै परिमाणको सुन र चाँदी आज क्रमशः रु. ८०० र रु. ५० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु. एक लाख ९४ हजार ७०० सोही परिमाणको चाँदीको मोल रु. दुई हजार १५० निर्धारण भएको छ । बिहीबार प्रतितोला सुन रु. एक लाख ९५ हजार ५०० र चाँदी रु. दुई हजार २०० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन तीन हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
2025-06-20
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार