Listen LIVE

नेपालगञ्जका विद्यालयमा जेठ २६ देखि २९ सम्म गर्मी विदा

नेपालगञ्ज : गर्मी अत्याधिक बढेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा विदा दिएको छ । अत्याधिक गर्मीका कारण पठनपाठनमा समस्या भएपछि चार दिन विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

शिक्षा महाशाखाका उपसचिव गोर्ख बहादुर थापाका अनुसार जेठ २६ देखि २९ गतेसम्म सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा विदा दिने निर्णय गरिएको हो । अत्याधिक गर्मी मौसमका कारण विद्यार्थीलाई विद्यालय आवतजावतमा कठिनाई भई उनीहरुको स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई मध्यनजर गर्दै विद्यार्थी, शिक्षक र जल तथा मौसम विज्ञान विभागलगायत सरोकारवालाको सुझाव समेतका आधारमा चार दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरिएको उपसचिव थापाले बताए ।

केही दिन यता नेपालगञ्जको तापक्रम निकै बढेको छ । गर्मीका कारण जनजीवन प्रभावित भएको छ । तातो हावा -लु) ले दैनिकीमा प्रभाव पारेको छ ।

प्रतिक्रिया